Posts

२० बर्षीय अमेरिकी अभिनेत्री एरियल विन्टरका तस्विरले फेरी हङगामा मच्चाएको छ ।

Image
२० बर्षीय अमेरिकी अभिनेत्री एरियल विन्टरका तस्विरले फेरी हङगामा मच्चाएको छ । २० बर्षीय अमेरिकी अभिनेत्री एरियल विन्टरका तस्विरले फेरी हङगामा मच्चाएको छ ।  विश्वमै सुन्दर अभिनेत्रीका रुपमा चर्चा पाइरहेकी एरियलले सार्वजनिक गरेका केही तस्विर अहिले समाजिक सञ्जालमा हट केक बनेर छाइरहेका छन । केहि सयम पहिले एरियलले बेष्ट अफ कमिकबुकका लागी खिचिएका तस्विर एका एक समाजिक सञ्जालमा भाइरल बनेका हुन । उनको आवाज पनि त्यतिकै मिठो छ । सुन्दर अभिनय कलाभएकी एरियलका हरेक फिल्महरु हिट हुने गरेका छन् । निकै नै मिठो आवाजकी धनी उनले खेल्ने सवै फिल्महरु हिट हुन थालेपछि पछिल्लो समय सर्वाधिक ब्यस्त अभिनेत्रीको सुचीमा आफुलाई उभ्याएकी छन उनले । अमेरिकाको पश्चिम स्थित क्यालिफोर्निया राज्यको लस एन्जलसमा सन् १९९८ जनवरी २८ मा जन्मिएकी एरियल एक भोइस पछिल्लो पुस्ताकी चर्चित नायिका मध्ये एक बनेकी छन । मोडेलिंगबाट आफ्नो करियर सुरुवात गरेकी यि सुन्दरीको सुन्दरताको मात्रै नभई उनले गर्दे आएका सामाजिक कामले पनि बेला–बेला चर्चा बटुलिरहेको हुन्छ ।

अदुवा हालेको चिया को फाइदा

Image
अदुवा हालेको चिया को फाइदा यदि तपाईलाई दिनको शुरुवात एक कप चियाबाट गर्ने वानी परेको छ भने अदुवा चिया तपाईको लागि निकै फाइदाजनक हुनेछ । अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।  अदुवाको चिया पिउदा पाचक क्रियामा सुधानर आउनेछ । धेरै खाना खादा अदुवाले पचाउन सहायता गर्छ ।  अदुवाको चियाले पेटको समस्या समेत कम हुन्छ । पेटमा भएको जलनसमेत हट्छ ।  यसमा भएको भिटामिन, मिनरल्स तथा अमीनो एसिडले रगत प्रवाहलाई राम्रो बनाउछ ।  अदुवाको चियाले शरीरको सवै विकारलाई बाहिर निकाल्छ भने छाला समेत सफा हुन्छ। भने अनुहारमा समेत चमक आउँछ ।  मानसिक तनावलाई कमी गर्न पनि अदुवा चियाले फाइदा पुग्छ ।  अदुवाको चियामा कागती मिसएर पिउदा शरीरको वजनसमेत कम हुन्छ ।  महिलामा मासिक धर्मको समस्या छ भने अदुवाका चिया पिउदा त्यसले फाइदा पुग्छ ।  शेयर गर्दिनु होला।🙏🏻 https://www.youtube.com/channel/UCV1XqoUFjSUlagStvm0_ZPw

ज्वानो का फाइदाहरु

Image
ज्वानो का फाइदाहरु ज्वानो भान्सामा प्रयोग हुन्छ । यससँग सबै परिचित भए पनि यसका फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । महिला सुत्केरी हुँदा अधिक प्रयोगमा ल्याइने ज्वानो निकै पोसिलो मानिन्छ । शिशुले आमाको दूध राम्रोसँग खान पाओस् भनि सुत्केरी महिलालाई समेत ज्वानोको झोल खुवाउने गरिन्छ । दम लागेका बिरामीले ज्वानोको धुवाँ लिने हो भने श्वास फेर्न सजिलो हुन्छ । ज्वानो र सख्खर मिलाएर दैनिक खाँदा दम रोगबाट राहत पाउन सकिन्छ । ज्वानो, मह र चुकको मिश्रण १० दिनसम्म प्रयोग गर्ने हो भने मृगौलाको पत्थरीबाट बच्न सकिन्छ । मनतातो पानीमा ज्वानो र थोरै नुन हालेर खाएमा पाचन प्रक्रिया राम्रो हुन्छ । अपचको समस्या निराकरण गर्दै पेट दुखाईबाट लाभ प्राप्त गर्न सकिन्छ । ज्वानो त्यत्तिकै पनि खान सकिन्छ । ज्वानोले पाचनप्रक्रिया राम्रो बनाउँछ । जसले नियमित दिशापिसाबमा सन्तुलन ल्याई तौल घटाउन मद्दत गर्दछ । रक्सी अम्मलीका लागि ज्वानो एकदमै फाइदाजनक मानिन्छ । ज्वानोमा पनि रक्सीमै हुने तत्व हुने भएकाले राति सुत्नेबेलामा दैनिक ३० देखि ५० मिलिलिटर ज्वानोपानी सेवन गर्नाले रक्सीको तलतल मेटिन सक्छ । हैजाको कि

सपना देख्नुहुन्छ भने पढ्नुहोस्( नराम्रा सपनाहरु)?{Dangerous}

Image
सपना देख्नुहुन्छ भने पढ्नुहोस्( नराम्रा सपनाहरु) सपना नदेख्ने मानिस संसारमा कहीँ पनि हुँदैन ।  सपना देख्छन्, कहिले राम्रो त कहिले नराम्रो अर्थात् डरलाग्दो । कहिलेकाहीँ नराम्रा सपना रोगको लक्षण देखिनुभन्दा धेरै अघि पनि देखिन सक्छ ।  डरलाग्दो सपना देखेपछि मानिस असिन–पसिन भएर ब्युँझन्छन् । तर, त्यस्ता डरलाग्दा अथवा  नराम्रो सपना बिरामी हुने संकेत पनि हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् । अनुसन्धानकर्ताहरूले बाल्यकालमा नियमित नराम्रा सपना देख्ने व्यक्तिमा पछि गएर मानसिक समस्या देखिने बताएका थिए । ६८ सय बालबालिकाबीच गरिएको  उक्त अध्ययनको प्रतिवेदन ‘स्लीप’ नामक जर्नलमा प्रकाशित गरिएको थियो । अध्ययनमा दुईदेखि सात वर्षका बच्चाले हप्तामा दुई या तीनपटकसम्म नराम्रा सपना देख्ने गरेको पाइएको थियो । ती बालबालिकाले किशोर उमेर पुग्दासम्म कुनै आवाज सुनेजस्तो भ्रम सिर्जना हुने समस्या देखापर्ने अनुसन्धानकर्ताले बताएका छन् ।  बारम्बारको नराम्रा सपनाले बालबालिका भावनात्मक चोट (दुव्र्यवहार, बदमासीलगायत) को सामना गर्नुपर्ने हुनसक्ने अनुसन्धानकर्ताको भनाई छ । उनीहरुका अनुस

मोबाइ ले क्यानसर हुने🤔{Dangerous}

Image
मोबाइ ले क्यानसर हुने🤔 अहिले मोबाइल बोक्नु हाम्रो बाध्यकारी जीवनशैली जस्तै भइसकेको छ । बेलुकी विस्तारामा होस् या बिहान उठ्ने वित्तिकै हामी मोबाइल चलाउन थालिहाल्छौँ । तर, बेलायतको एक्जिटरलगायतका केही विश्वविद्यालयमा गरेको अध्ययनले सिरानी छेउ मोबाइल राखेर सुत्दा निकै धेरै समस्या आउन सक्ने पत्ता लगाएको छ । अध्ययनअनुसार मोबाइललाई सिरानी छेउ राख्दा क्यान्सरमात्र होइन, नपुंसकता पनि हुनसक्छ । अन्तर्राष्ट्रिय क्यान्सर रिसर्च एजेन्सीले मोबाइल फोनबाट निस्किने इलेक्ट्रोम्याग्नेटिक विकिरणलाई सम्भावित क्यार्सिनोजेनको श्रेणीमा राखेको छ ।  मोबाइलको अत्याधिक प्रयोगले कानमा ट्युमर पलाउन सक्ने र क्यान्सर हुने सम्भावना बढ्ने उसको अध्ययनले देखाएको छ । त्यस्तै, बेलायती विश्वविद्यालयहरुले गरेको एउटा अध्ययनले मोबाइल फोनबाट निस्कने विकिरणको नपुंसकतासँग सम्बन्ध हुने पत्ता लगाएको थियो । मोबाइल फोनको अत्याधिक प्रयोगले पुरुषमा शुक्राणुको उत्पादन घटाउनुका शुक्राणुको गति पनि सुस्त बनाउने त्यो अध्ययनको निष्कर्ष थियो । इजरायलको विश्वविद्यालयले गरेको अध्ययनले त सुत्नुभन्दा आधा घन्टा अगाडि नै मोबा

बिहान उठ्नससाथै मोबाइ चलाउन नहुने? {Dangerous}

Image
बिहान उठ्नससाथै मोबाइ चलाउन नहुने अहिलेको समयमा मोबाइल फोन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । मोबाइलसँग यति जोडिएका छौं, राति सुत्नु अघिसम्म मोबाइल स्क्रिनमै हराउने हामी बिहान उठ्नासाथै फोन मात्र देख्छौं । हरेक समय हामी फोन प्रयोग गरिरहेका हुन्छौं । ब्युँझने बित्तिकै फोन चलाउने हाम्रो बानी भइसकेको छ । तर अध्ययनहरुले यसरी बिहान उठ्नासाथ मोबाइल चलाउँदा विभिन्न प्रकारका असर निम्तन सक्ने देखाएका छन् । पछिल्लो समय बेलायतमा करीब दुई हजार व्यक्तिमा गरिएको सर्वेक्षणबाट बिहान उठे लगत्तै मोबाइल फोन प्रयोग गर्ने व्यक्तिहरुको दिनको शुरुआत तनावबाट हुने पाइएको छ । जसका कारण उनीहरुलाई आफ्नो नियमित काम गर्न असहज हुन्छ । बिहान उठ्नासाथ जब हामी कुनै विषयमा सोच्छौं, लगातार त्यसबारे सोच्दा हामीलाई तनाव र व्याकुलता हुन थाल्छ । बिहान कतिपय व्यक्तिको रक्तचाप बढेको अवस्थामा हुन्छ, यस्तोमा धेरै तनाव लिंदा रक्तचाप थप बढ्न सक्छ । जसका कारण विभिन्न स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन सक्छ । विज्ञहरुका अनुसार, उठ्ने बित्तिकै जब हामी मोबाइलको नोटिफिकेशन देख्छौं, मस्तिष्कले त्यही विषयमा सोच्न

दिमागलाई असर गर्ने हाम्रा ५ आनीबानीहरु

Image
दिमागलाई असर गर्ने हाम्रा ५ आनीबानीहरु? चोट लाग्दा मात्र मस्तिष्कलाई हानि पुग्ने हैन । दिनभरिको क्रियाकलापका क्रममा हामीहरूले गर्ने गल्तीले मस्तिष्कमा खराब असर पर्छ ।  हामीले दिनभरीमा धेरै यस्ता गल्तिहरु गर्छाैँ जसको कारण हाम्रो दिमागमा नराम्रो असर पर्न सक्छ । यस्तो अवस्थामा मेमोरी पावर कमजोर भएर मस्तिष्कमा असर पर्ने समस्या अाउनसक्छ । दिमागले सही तरिकाबाट काम गर्न सक्दैन । यदि यी गल्तिहरुलाई समयमा नै सुधार ल्याउन सकियो भने दिमागलाई स्वस्थ राख्न सकिन्छ ।  दिमागलाई असर गर्ने हाम्रा ५ आनीबानीहरु यस्ता छन् । १. कम्तिमा पनि ७ घण्टा सुतेन भने मस्तिष्कले ठिक सँग काम गर्दैन । समय सँगसँगै उसको काम गर्ने क्षमतामा पनि कमी आउँछ । हाम्रो मस्तिष्कमा नराम्रो असर पर्छ । २. धेरै समयसम्म एक्लै बस्ने मानिसहरुमा अल्जाइमरको जोखिम बढ्छ । यसले मस्तिष्कमा नराम्रो असर पार्छ । ३. जङ्क फुडमा एमएसजी नामक एडिटिव मिसाइएको हुन्छ । जुन मस्तिष्कको न्यूरान रिसेप्टर्सका लागि घातक हुन्छ । धेरै मात्रामा जङ्क खाना खानाले टाउको दुख्ने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता समस्या हुन सक्छ । ४. धुमपान