सपना देख्नुहुन्छ भने पढ्नुहोस्( नराम्रा सपनाहरु)?{Dangerous}

सपना देख्नुहुन्छ भने पढ्नुहोस्( नराम्रा सपनाहरु)


सपना नदेख्ने मानिस संसारमा कहीँ पनि हुँदैन ।
 सपना देख्छन्,
कहिले राम्रो त
कहिले नराम्रो अर्थात् डरलाग्दो ।
कहिलेकाहीँ नराम्रा सपना रोगको लक्षण
देखिनुभन्दा धेरै अघि पनि देखिन सक्छ ।

 डरलाग्दो सपना देखेपछि मानिस
असिन–पसिन भएर ब्युँझन्छन् ।
तर, त्यस्ता डरलाग्दा अथवा
 नराम्रो सपना बिरामी हुने संकेत
पनि हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।

अनुसन्धानकर्ताहरूले बाल्यकालमा
नियमित नराम्रा सपना देख्ने
व्यक्तिमा पछि गएर मानसिक
समस्या देखिने बताएका थिए ।
६८ सय बालबालिकाबीच गरिएको
 उक्त अध्ययनको प्रतिवेदन ‘स्लीप’ नामक
जर्नलमा प्रकाशित गरिएको थियो ।

अध्ययनमा दुईदेखि सात वर्षका बच्चाले
हप्तामा दुई या तीनपटकसम्म नराम्रा सपना
देख्ने गरेको पाइएको थियो ।
ती बालबालिकाले किशोर उमेर
पुग्दासम्म कुनै आवाज सुनेजस्तो
भ्रम सिर्जना हुने समस्या देखापर्ने
अनुसन्धानकर्ताले बताएका छन् ।
 बारम्बारको नराम्रा सपनाले बालबालिका
भावनात्मक चोट (दुव्र्यवहार, बदमासीलगायत)
को सामना गर्नुपर्ने हुनसक्ने अनुसन्धानकर्ताको भनाई छ ।

उनीहरुका अनुसार नराम्रा सपनाले
 मानिसभित्र रहेका शारीरिक समस्याको संकेत गर्छ ।

मानिसले निद्राको र्यापिड आइ मुभमेन्ट (रेम)
को चरणमा मात्र सपना देख्छन्,
 रेम हरेक रात चार या पाँच चरणमा हुन्छ ।
 यसका साथै थुप्रै मेडिकल समस्याका कारण
निद्रा विथोलिन्छ,
‘यसको अर्थ हुन्छ, तपाई रेमको अवधिमा ब्युँझनुहुन्छ
र त्यस्ता सपना सम्झनुहुन्छ ।’

क्याम्ब्रिजको पापवर्थ हस्पिटालका निद्रा अनुसन्धानकर्ता एवम् कार्डियोलोजिस्ट डा.निकोलस ओस्क्रोफ्टले भने ।
 अनिद्राको समस्या भएका मानिसले पनि नराम्रा सपना देख्छन्, यस्तो अवस्थामा केही क्षणका लागि
श्वासप्रश्वासमा पनि समस्या आउन सक्छ ।

अन्य मानिसभन्दा नराम्रा सपना देख्ने मानिसमा मुटुको चाल अनियमित हुने
 समस्या तीन गुणा बढी हुन्छ
भने छाति दुख्ने समस्या सात गुणा बढी हुन्छ ।
 मुटुको समस्या आउँदा फोक्सोमा पानी जम्ने सम्भावना हुन्छ, जसले गर्दा श्वासप्रश्वासमा समस्या आउछ ।

गहिरो निद्रामा परेका बेला अरू सबै मांशपेशीले काम नगरेपनि फोक्सोमा पानी जम्दा श्वासप्रश्वासमा भाग लिने मांशपेशीलाई भने असर पार्न सक्छ ।
 यहीकारण मानिस गहिरो निद्राबाट ब्युँझन सक्छ ।
मानिसले खराब सपना सम्झन्छ ।
यसका साथै मिर्गौलामा संक्रमण, रुघाखोकीजस्ता संक्रमण भएका मानिसले पनि नराम्रा सपना देख्ने अनुसन्धानकर्ताको भनाई छ ।

अति खराब सपना देख्नु पार्किन्सन रोगको प्रारम्भिक संकेत भएको न्युरोलोजिष्ट डा. रोबर्ट ब्रेनरको भनाई छ ।
माइग्रेनले पनि नराम्रा सपना देखाउछ ।
धेरैजसो महिलाले रजस्वला वरपरको
समयमा अनेक थरि सपना देख्छन् ।

Thank You



Comments

Popular posts from this blog

Heart Touching Love Story

दिमागलाई असर गर्ने हाम्रा ५ आनीबानीहरु

बुढाबुढी💏 को माया