मन छुने सत्य प्रेम कथा ----😢😢😢
------मन छुने सत्य प्रेम कथा ----😢😢😢
उनले मेरो अगांलोमा टासिएर लाडे स्वर बनाउदै भनिन
"बुढा, पछि हाम्रो बच्चा
भएपछि के नाम राख्ने?"
मैले हांस्दै भने "पहिले हाम्रो बिहे त हुन देउन
काली,
अनि सोचौँला नि।"
उनले जिद्दी गर्दै भनिन "भन्नुन अहिले नै,
राम्रो नाम सोच्नु न Please"
उस्को बचपनाको अगाडि मैले हार मान्नु
सिवाय अरु
उपाय थिएन म संग ।
केही बेर सोचेर मैले उनिलाइ भने "छोरा भए
"सानीध्य"
अनि छोरी भए "सन्ध्या" राखौंला है ?"
उनी खुशीले फुरुक्क हुँदै मलाइ चुम्बन गरिन
अनि
भनिन
"आहा! कती राम्रो नाम, यहि राख्नु पर्छ है?
लभ यु
मेरो प्यारो बूढो।
भोलिपल्ट देखि उनी मलाइ जिस्काउदै
बोलाउथिन
"ए सानिध्यको बाबा" भन्दै। उनको त्यो
बचपना
अनि खुशी देखेर म हर्सित हुने गर्थें।
तर समय सधैं एकनास रहेन। हाम्रो त्यो खुशी
सधैं कायम
रहन सकेन। उनको परिवारले उनिलाइ
बिबाहको
लागि दबाब दिन थाले। उनले मलाइ भगाएर
लग्न आग्रह
पनि गरिन तर मैले त्यो समयमा उनिलाइ
बिबाह गरेर
उनको जिम्मेवारी बहन गर्न सक्ने अवस्था
थिएन ।
अन्त्यत उनको बिबाह भएर नै छोड्यो।
समय संगै सबै कुरा सामन्य हुँदै गयो। हामी
आफ्नो-
अफ्नो जिन्दगिका उतारचढावहरुमा हराइ
सकेका
थियौँ।
लगभग पांच बर्ष पछि एकदिन उनि माइती
आएको
बेला बाटोमा अकस्मात उनी संग भेट भयो ।
उनको
साथमा करिब चार बर्षको एउटा बच्चा
थियो।
उनको छोरा हो त्यो भनेर मलाइ अड्कल
लगाउन
गाह्रो भएन।
उनले मलाइ देखे लगत्तै अनुहारमा नसुहाउंदो
हांसो
हास्दै भनिन "अरे! तपाइँ यहाँ ? झन्डै नचिनेको
मैले त,
कति लामा दारी पाल्नु भएको....."
मैले आफुलाइ सामन्य बनाउदै उत्तर दिएं "म त
यतै त हुन्छु
नि, तिमी चाहिँ कहिले आयौ नि ? छोरा पनि
ठूलो भै सकेछन ।"
उनले भनिन "तीन दिन भयो आएको अब भोलि
फर्कन्छु।
ठूलो भयो नि छोरा, चार बर्षको भइ सक्यो।"
मैले उनको छोरापटी हेरेर थोरै मुस्कुराएको
अभिनय
गर्दै सोधेँ " अनि छोराको नाम चाहिँ के हो
नि ??"
उनले आँखा भुइ तिर झुकाउदै सानो श्वरमा
भनिन "
सबिन हो "
मैले मात्र "ए " भनेर जबाफ दिएँ ।
उनी हतारो गर्दै " जान्छु है" भनेर बाटो
लागिन। म
पनि आफ्नो गन्तव्य तिर बढ्न लागेको थिएँ,
पछाडी
बाट त्यो सानो बच्चाको तोते बोलिमा आवाज
सुनियो "मामु, हजुलले किन झुत बोलेको ? मेलो
नाम त
"सानिध्य" पो त........ "
#अधुरो प्रेम कथा💖
प्लीज साथिहरु यदि तपाईं लाई कथा मन पर्यो भने
शेयर गर्दिनुहोला।
Comments
Post a Comment