सपनाको_उजाड एक सत्य घटनामा आधारीत प्रेम कथा

सपनाको_उजाड एक सत्य घटनामा आधारीत प्रेम कथा


 २ मिनेट लाग्नेछ पुरा पढ्नुहोला।

म कहा जन्मिए कस्को छोरा हु र मेरो पहिचान के हो ।त्यो मलाई पनि थाहा छैन ।तर मलाई जस्ले गास बास कपास दियो ।म उनैको छोरा भए ।सानोमा म एक गल्लिमा रुदै गरेको र लाबरीश भएको अबस्थामा देखेर ।एक बुढा बुढिले पालन पोशन गर्नु भयो ।र मेरो नाम पनि राखि दिनु भयो  ।र उहा हरुको कुनै सन्तान नभएको कारन मलाई गोद लिनु भयो ।तै पनि सायद म एक दुई बर्षको थिए होला ।म 3,4, दिन देखि भोकै थियो रे अनि सबै थोक दिनु भयो मलाई र ।एक बहिनी पनि ल्यराउनु भयो जुन बहिनी एक अनाथ थिईन उनि पनि ।हामि चारै जना खुशि थिए ।म र मेरी बहिनी पनि समय सगै ठुलो हुदै गए ।म 20 बर्ष पुगेको थिए ।अनि बहिनि 19 बर्ष ।हामी दुबै कलेज जाने गर्थ्यौ ।मेरो पढाई सकिन लागेको थियो ।तर बहिनिको 11 को परीक्षा चल्दै थियो ।।२०७५बैशाख १ गते नया साल थियो ।बहिनीले बिहानै भनि दादा हामी घुम्न जाउन ।मेरो साथि सरु पनि जान्छन plz दादा नाई नभन्नुन है ।?बहिनिको कुरालाई मैले काटन सकिन र मैले भने घुम्न काहा जाने हो त ?बहिनीले भनि दक्षिन कालि जाने हो ।मैले पनि बाबा र आमा सग केहि रुपैया मागे ।बाबा आमाले नाई भन्नु भएन ।र हामी कोटेश्वार पुगे अनि बहिनिको साथि हरु पर्खि बसे ।एक छिन पछि 5 जान साथि हरु आयो ।ति पांच जान मध्ये एक केटीलाई मैले हेरेकै हेर्या भयो ।अनि बहिनिले जिस्काउदै थियो मलाई ।तर मैले वास्थै नगरि स्कुटी स्टार्ट गरे ।हामी सबै जाना  स्कुटि मै थिए ।हामी दक्षिण कालि पनि घुमेर आईयो तर मेरो मन भने ।त्यहि केटि माथि थियो ।एक हप्ता बित्यो तर पनि भुल्न सकिन ।र मैले मेरी बहिनीलाई भने ।बुनु त्यो तिम्रो साथिको नाम के रे ।?तर बहिनिले जिस्काउदै केहो दादा मन पर्यो कि क्याहो नत्र कुरा चलाई दिउ त ।?नाम सपना हो दादा ।मैले सबै कुरा खुलेर भने ।अनि बहिनिले भनि।दादा म पनि help गर्छु हजुरलाई नआतिनु ।भोलि पल्ट कलेज छुट्टि थियो ।बिहाना ढिला उठेछु ।माथि कोठा बाट सुन्छु त घरमा पाहुन आएको आवाज हरु ।अनि म हतार हतार कपडा लगाई मुनि आए ।तर सोहि केटी र बहिनि कुरा गदै थियो ।अनि उनि पनि मुस्कुराउदै थि ।बहिनिले भनि ल दादा मैले भाउजुलाई सबै भनि सके भनि ।अनि मलाई लाज लाग्यो ।म रुम तिर भागे ।केहि छिन पछि उनि आफै मेरो कोठामा आएर बसि र भनि ।हैन तपाई त केटी मान्छे जस्तै किन लाज्ले भाग्नु भएको ।मैले भने त्यस्तो केहि हैन ।उनि मेरो छेउ आएर बसि अनि मेरो हातमा हात राखि भनि ।मैले पनि हजुरलाई पहिले देख्ने बितिकै मन पराएकि थि .।अनि हामी कोठा बन्द गरि मायाको उपहार एक अर्कामा दिदै चुम्बन साटा साट गर्दै बसे ।हामी एक अर्कामा धेरै माया बस्यो ।म बिना न उनि बाच्न सक्थि न म आफै नै ।उनि र मेरो माया पनि धेरै गाढा थियो ।कहिले कता त कहिले कता घुम्न जान्थे ।दिन बित्दै गयो ।महिना बित्यो ।अनि बर्ष बित्यो ।।दिन भरी भेटेर बोलेर नपुगेर पनि हामी रात भरी फोनमा कुरा गर्थे ।अब त अति भयो भनेर पनि बहिनिले बाबालाई भने छन कि बाबा दादाको एक केटी छ छिटो भाउजु बनाउनु पर्यो भनेर ।एक दिन बाबा र आमाले रिसाको जसरी झर्केर मलाई बोलाउनु भयो ।म सिर निहुराएर बाबा र आमाको नजिक गए ।अनि बाबाले भन्नु भयो ।को केटी हो त्यो मेरो छोरा दिन रात पछि लाग्ने ।म डराएर चुप चाप लागे ।अनि आमाले कतै ई नानि त हैन भनि मुसुक्क हास्नु भयो ।उनि पनि पहिले नै आमालाई भेटेकि रहेछिन अनि मलाई डराउनका लागि नाटक गरेर पो देखाको रहेछ ।अनि बाबाले हासेर भन्नु भो।नडराउ अब यो मंसिरमा बिहे गराई दिन्छ ।।।

२०७५ ।।कातिर्क ६ गते भाई टिका थियो ।मलाई बहिनिले भाई टिका लगाई दिइन् ।उनि पनि साथमा थिइन् ।हामी सबै खुशि थियो ।हाम्रो बिहेको दिन पनि नजिकै गयो ।।मसिँर 22 गते का दिन बिहे फिक्श गरियो ।सपनाको आमा बाबा पनि धेरै नै खुशि थियो ।।मसिँर 12 गते का दिन ।हामीले कार्ड हरु छापिए ।15 गते सबैलाई बाडियो पनिमसिँर 18 गते ।सपनाको जन्म दिन थियो ।मैले एक केहि उपहार दिए ।घरको सबै जनाले दिय पनि ।तर मेरि बहिनिले केहि दि ।अनि भनि आज म फिलिम हेर्न लैजान्छु सबै जानलाई मेरो तर्फ बाटटिकट फ्रि ।अनि सबै जना फिलिम हेर्न जाने तयारी गरे ।आमा बाबा थिए ।सपनाको पनि आमा बाबा थिएएक दुई जान साथि थियो म थिए अनि सपना थिए र बहिनी।बेलुका घरको पार्टि छोडेर ।हामी छोरा छोरीको खुशिका लागि आमा बाबा पनि साथमा फिलिम हेर्न आएका थिए ।।फिलिम हेरी सके पछि ।हामी सबै जान बहिर आए ।तर सपना र मेरी बहिनी बाथ्रुम गएका थिए ।हामि रोड पारि गएर पखि बसे एक छिन पछि मेरी बहिनि र उनि आईन ।तर मेरी बहिनि दौडदै आइन् ।सपना कराउदै थिइन्बुनु गाडि आउदै छ ।पख एक छिन ।तर मेरी बहिनी केहि नसुझै आई रोड बिच पुगे ।म पनि बुनु हट हट रोड बाट गाडि आउदै छ भने तर बुनु रोड बिच पुगेर के भन्नु भएको दादा भनेर भनि।एक्कासि एक माल बहाक ट्रकले ठाक्कर दिन पुगि ।म दौडेर हेर्न पुगे तर मेरी उनि सपना थिईन ।बुनुलाई बचाउन खोज्द र धकलन पुग्दा उनि आफै चपेटमा पुगीछिन् ।म छागा बाट खसे झै भय ।मैले बुनुलाई एक झापट दिए ।तिमले गर्दा हो यो सब भएको भन्दै रुदै म हेरी बसे ।एक पल भरमै मेरो सपना सपनानै झै भयो ।म पागल झै भए ।मेरो आखा भरी आशु थियो ।रोकिने कुरा थिएन ।नरुनु आफुलाई सम्हाल भनने हरु धेरै थिए ।तर मैले सम्हाल्न साकिन ।फेरि टुहुरो झै लाग्योजिन्दगी ।आज पनि याद आउछ ति दिन हरु ।अनि रुने गर्छु बेला बेलामा ।।

समाप्त ।#अधुरो प्रेम कथा#सपनाको_उजाड

#share your friends #copied#silence_man

Thank You
Sponsored




Comments

Popular posts from this blog

Heart Touching Love Story

दिमागलाई असर गर्ने हाम्रा ५ आनीबानीहरु

बुढाबुढी💏 को माया