बुढाबुढी💏 को माया
बुढाबुढी💏 को माया
प्रेमले जति मीठास दिन्छ, त्यति नै नमीठा दुख पनि दिन्छ । प्रेम गर्नलाई मन चाहिन्छ भने प्रेम सफल पार्नलाई हिम्मत पनि चाहिन्छ । घरबाट भागेर प्रेम विवाह, एउटा कोठा र एउटा सानो जागीर........
एकदिन बुढीले आफ्नो बुढालाई फोन गरेर भनिन् ।
" बेलुका एकजनालाई मात्र पुग्ने चामल छ,
कति भन्नू अस्ति देखि नै सकिन लागेको छ
भनेको सुनेको हैन,
आज घर आउँदा लिएर आउनु"
बुढा हस् भनेर आफ्नो काममै ब्यास्त भयो ।
काम गर्दागर्दै त्यो दिन रातको ९ बजिसकेछ ।
अफिसको काम सकेर बाहिर निस्किदा सबै पसल बन्द भइसकेछन्
त्यो दिन उसले होटलबाट केही खाने कुरा लिएर जाने सोच बनायो
तर, होटल पनि सबै बन्द भैसकेका थिए ।
दिनभरीको काम र तनाबले उसलाई कुज्याईंसकेको थियो ।
केही नलिई कोठा पुग्यो ।
बुढाको रित्तो हात देखेसँगै बुढीको आस रित्तो भयो ।
बुढीले रिसाउँदै भनी,
"म यसरी भोकै बस्न सक्दिनँ,
आजसम्म मलाई मेरा आमाबाबुले जे जे खान्छु,
जे जे लाउँछु भन्यो त्यै त्यै पुर्याउनु भएको थियो ।"
बुढाले केही जवाफ फर्काएन ।
बरु एउटा झुट बोल्यो,
"मैले आज बाहिर नि खाना खाएर आएँ,
तिमीलाई भन्न फोन गर्न खोजेको फोन नै लागेन "
बुढी झन् रिसाउँदै भनी
"तिमीलाई अब मैले बनाएको खाना मीठो लाग्न छोड्यो हैन ?
मैले खाए, खाइन मत्लब लाग्न छोड्यो हैन ?
म तिमीसँग यसरी बस्न सक्दिनँ,
भोलि नै म डिमोर्स गर्छु ।"
बुढाले केही मलिन स्वरमा सम्झायो ।
तर, बुढी झन् अबुझ हुन थाली ।
बुढाले आफूले कमाएको, दु:ख गरेको कुरा सम्झियो ।
उसले आफूले पैसा जोगाउन बाहिर एककप चिया नखाएको कुरा पनि सम्झियो ।
अनि आफूले बुढीलाई कहिल्यै भोकै राख्दिन,
कहिल्यै दुखी बनाउदिन भनेको कुरा नि सम्झियो ।
उसकालागी आफ्ना आमाबाबुको कुरा काटेर आएकी बुढीलाई नि सम्झियो ।......... आफ्नो जिन्दगी ठानेकी श्रीमतीले टाढिने कुरा गर्दा बुढाको भोक पनि हरायो ।
जति छ त्यै पकाएर बुढीलाई खुवाउने विचारले बूढो किचनमा पस्यो ।
ऊ एक्छिन् त छक्क पर्यो ।
किचनमा सधैं पाक्ने भन्दा धेरै परिकार बनाएर राखिएको थियो । ऊ बुढीसँग झुठ बोलेकोमा माफी माग्ने सोचले अर्को कोठामा गयो तर, त्यहाँ आफ्नी बुढीलाई देखेन ।
बाहिर आएर एकपटक मजाले नाम लिँदै बोलायो ।
तर, बुढी बोलिनँ ।
कतै देखेन, फ्यात्त सिँढिमा बस्यो ।
उ सिँढीमा बस्यो तर, उसका आँसु आँखामा बसेनन् ।
गालालाई बगर बनाउँदै घाँटीतिर दौडिए ।
उसलाई एक्कासि पछाडीबाट कसैले थिचेजस्तो भयो ।
"किन आत्तिएर कराएको म बाथरुममा थिएँ ।"
बुढीको आवाज सुनेर एक्छिन् त ऊ केही बोलेन ।
मानौं उसँग शब्दै छैन ।
बुढीले नै बुढाको आँसु पुछिदिँदै भनी,
"लोग्ने मान्छे पनि यति रुन्चे हुन्छन् त ?"
बुढीले फेरि पछाडीबाटै आफ्ना हातले बुढालाई छातीमा कस्दै भनी,
" मलाई थाहा छ ! तिमी कहिल्यै एक्लै खाना खाँदैनौ ।
अनि आज शुक्रबार तिमी अफिसबाट आउन ढिला हुन्छ ।
तिम्रो पर्समा ३०० भन्दा पैसा नि छैन ।
तिमीले आज दिउँसो खाजा नि खाएनौ !
पर्समा जतिको त्यती पैसा छ ।
खुसी हुनलाई मन भरिनुपर्छ, पेट हैन ।
मैले मसँग भएको पैसाले खाँचो परेमा सबै समान किनेर ल्याएकी छु ।
तिमीलाई नि दुखी देखे भने मलाई के भोक लाग्ला र ?
मैले एक्लै खान पर्यो भने कसरी गाँस जाला र ?
मैले पनि एउटा अठोट गरेरै तिमीसँग आएकी हुँ ।
मलाई सबैकुराको कमि होस् तर,
मायाको कमि नहोस् ।
यति भए पुग्छ बुढा !...."
बुढोले खुसी हुँदै बुढीलाई निधारमा चुम्बन गर्दियो ।
बुढीले हाँस्दै भनी,
" यतीले अगाइयो कि खाना नि खानपर्छ ?"
...........
जिन्दगीमा खुसी आफैंभित्र हुन्छ । बस् त्यो खुसीलाई बाहिर निकाल्ने कला, बाटो आफूले बनाउनपर्छ । जिन्दगीमा अभाव होस् तर जिन्दगीमा दबाबमा नहोस् ।😍😍
#समझदार बुढाबुढी
#शेयर गर्दिनुहोला।
Comments
Post a Comment